बालबालिकालाई सदस्यता दिएको विषयमा मानव अधिकार आयोगले रास्वपालाई सोध्यो स्पष्टीकरण

राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरेको भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग स्पष्टीकरण माग गरेको छ ।

Artha Kendra Artha Kendra
बुधबार, १७ असार २०८३, ४:२९ PM
फन्ट
बालबालिकालाई सदस्यता दिएको विषयमा मानव अधिकार आयोगले रास्वपालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरेको भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग स्पष्टीकरण माग गरेको छ ।

आयोगले असार १५ गते पार्टीको केन्द्रीय कार्यालयलाई पत्राचार गर्दै यस विषयमा विस्तृत जानकारी उपलब्ध गराउन अनुरोध गरेको हो ।

आयोगले पत्रमा १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यका रूपमा संगठित गरिएको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै पार्टीको महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनअनुसार बालबालिकालाई सदस्यता वितरण गरिएको हो भने त्यस्तो कार्य प्रचलित नेपाली कानुन तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत रहेको पत्रमा आयोगले उल्लेख गरेको छ ।

यसै कारण १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको हो वा होइन भन्ने विषयमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) अनुसार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीसँग अनुरोध गरेको छ ।

पार्टीका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले चितवन महाधिवेशनको बन्दसत्रमा पेस गरेको सांगठनिक प्रतिवेदनमा १८ वर्षभन्दा मुनिका बालबालिका ३५ हजार २५७ जनालाई सदस्यता वितरण गरेको उल्लेख गरेका थिए । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ उपदफा २ मा १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिक मात्र राजनीतिक दलको सदस्य बन्न योग्य हुने व्यवस्था छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.