भाउ घटेपछि पेट्रोल पम्प बन्द, निगमले थाल्यो अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल र डिजेलको कृत्रिम अभाव देखिएको छ।

Artha Kendra Artha Kendra
बुधबार, १७ असार २०८३, २:१४ PM
फन्ट
भाउ घटेपछि पेट्रोल पम्प बन्द, निगमले थाल्यो अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल र डिजेलको कृत्रिम अभाव देखिएको छ। धेरै निजी पेट्रोल पम्पहरूले 'पेट्रोल उपलब्ध छैन' भन्ने सूचना राख्दै सेवाग्राहीलाई इन्धन नदिई फर्काइरहेका छन्।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेलको मूल्य ३० रुपैयाँले घटाएको थियो। तर मूल्य घटे पनि उपभोक्ताले नयाँ दरमा सहज रूपमा इन्धन पाउन सकेका छैनन्।

यस अवस्थापछि आयल निगमले मूल्य घट्ने जानकारी पाएर जानाजानी इन्धन नउठाएका पेट्रोल पम्पमाथि अनुगमन र कारबाही प्रक्रिया अघि बढाएको छ। निगमका प्रवक्ताका अनुसार यसका लागि दुईवटा अनुगमन टोली परिचालन गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटिरहेका कारण नेपालमा पनि मूल्य घट्ने अनुमान गर्दै धेरै पेट्रोल पम्पहरूले पछिल्ला दिनहरूमा इन्धनको आपूर्ति कम गरेका थिए। त्यसकै असरस्वरूप आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानका पेट्रोल पम्पहरूमा इन्धन भर्न सवारीसाधनको लामो लाइन देखिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

F

fuel

·

अति राम्राे