कम्युनिष्टबीच सहकार्य गर्न ढिला नगरौं, सकिन्छ भने आजै गरौँ- प्रचण्ड
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वाधीनता चरम संकटमा परेको महसुस भएको बताएका छन् ।
काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वाधीनता चरम संकटमा परेको महसुस भएको बताएका छन् ।
जननेता मदन भण्डारीको ७५औ जन्मजयन्ती समारोहमा बोल्दै प्रचण्डले सरकारले संबिधानका आधारभूत मान्यतामाथि प्रहार गर्न उद्धत भएको देखिएको बताउदै सबै मुख्य टार्गेट कम्युनिष्टहरु भएको बताएका हुन् ।
नेपालमा कम्युनिष्ट आन्दोलनलाई कसरी सिध्याउन सकिन्छ भनेर विश्वभरका प्रतिक्रियावादीहरु लागिरहेको बताउदै यस्तो अवस्थामा छिटो भन्दा छिटो एकता गएर अगाडी बढ्नुपर्ने बताए ।
प्रचण्डले भने- 'मैले पार्टी एकता तुरुन्त गरौँ भनेको छैन तर सहकार्य तुरुन्तै गरौँ भनेको हो । संसदमा गरौँ, सडकमा गरौँ, जहाँ सकिन्छ त्यहि गरौँ भनेको हो । सकिन्छ भने आजै गरौ तुरुन्तै गरौँ, ढिला नगरौं ।'
सहकार्य गर्न ढिला गरेमा त्यो दुर्भाग्यपूर्ण हुने चेतावनी दिदै प्रचण्डले आफुहरुविरुद्ध धेरै ठुला षड्यन्त्र भैरहेको बताए ।
प्रचण्डले फेरी एकता गर्न विगतमा भएका एकताको समिक्षा हुनुपर्ने बताउदै अहिले देशमा आएको संकट र चुनौतीको सामना गर्न ढिला नगरी मिलेर मात्र सफलता हासिल गर्न सकिने बताए ।
उनले सहकार्य गरेर शुरु गरौँ भन्दै प्रचण्डले बामपन्थी मात्र सहकार्य गरेर पर्याप्त नहुनेमा जोड दिए । प्रचण्डले कांग्रेस, एमाले र जसपा नेपालसहितका मधेश केन्द्रित दलहरुसँग कुनै न कुनै रुपमा कार्यगत एकता वा मोर्चामा एक ठाउँमा हुनुपर्ने बताए ।
प्रचण्डले प्राप्त उपलब्धिको रक्षा गर्न अहिले फेरी एक ठाउमा आउनुपर्ने अवस्था बनेको भन्दै आफुले भन्ने गरेको क्रमभंगता गरिरहनुपर्ने बताए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.