एन्फा निलम्बन हुनुमा जिम्मेवारहरुलाई कारबाही गर्न सांसद श्रद्धा कुँवरको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद श्रद्धा कुँवरले अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट अनिश्चितकालिन निलम्बनमा परेको विषयमा आवश्यक अनुसन्धान गरी जिम्मेवारहरुप्रति कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेकी छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद श्रद्धा कुँवरले अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट अनिश्चितकालिन निलम्बनमा परेको विषयमा आवश्यक अनुसन्धान गरी जिम्मेवारहरुप्रति कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेकी छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कुँवरले विश्वकप फुटबल चलिरहेको बेलामा नेपाली फुटबल निलम्बनमा पर्दा नेपालको प्रतिष्ठामा धक्का पुगेको बताइन् ।
उनले भनिन्- 'विश्वसमुदाय फुटबल महोत्सव फिफा वर्ल्डकपको रौनकमा रमाइरहेको छ । हामी पनि आ-आफ्नो मनपर्ने देशको जर्सी लगाएर समर्थन गरिरहेका छौं तर बिडम्बना यसै बेला आफ्नो देशको फूटबलको अवस्था सम्झदा हाम्रो शीर गर्वले होइन चिन्ताले झुक्न बाध्य भएको छ । यस कार्यमा जिम्मेवार पक्षहरूको तत्काल छानबिन गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइयोस् ।'
सांसद कुँवरले एन्फा निलम्बनले नेपालका खेलाडी र राष्ट्रकै प्रतिष्ठामा आँच आएको बताउदै नेपालमा प्रतिभाको अभाव नभई खेल प्रशासनमा सुशासन र पारदर्शिता तथा सक्षम व्यवस्थापनको अभाव रहेको जिकिर गरेकी थिइन् । सीमित स्रोत, साधनका बाबजुद पनि सावित्रा भण्डारी, प्रिति राई लगायतका नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाएको उल्लेख गर्दै उनले खेलाडीहरूले आफ्नो क्षमताले कमाएको सम्मान संस्थागत कमजोरीका कारण बारम्बार संकटमा पर्दै आइहरेको बताउदै सरकारको ध्यानाकर्षण गराएकी छन ।
उनले एकातिर घरेलु प्रतियोगिता लामो समयसम्म संचालन हुन नसक्दा नयाँ पुस्ताका युवाहरूमा फुटबलप्रतिको आकर्षण र उत्साह घट्दै गएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय निकायले कुनै संस्था वा संघलाई एकै दिन वा कुनै एउटा घटनाका आधारमा निलम्बन नगर्ने र यसका निश्चित मापदण्ड सूचक र प्रक्रिया हुने बताइन । उनले नेपाली फुटबलको यो अवस्था ल्याउने जिम्मेवार व्यक्तिहरूप्रति छानबिन गरी कानुनी कारबाही अगाडि बढाउन माग गरेकी छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.