को को बने रास्वपाको पदाधिकारी ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनले पधाधिकारीमा सभापति रवि लामिछानेसहितलाई चयन गरेको छ । लामिछाने निर्बिरोध निर्वाचित भएका थिए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनले पधाधिकारीमा सभापति रवि लामिछानेसहितलाई चयन गरेको छ । लामिछाने निर्बिरोध निर्वाचित भएका थिए ।
त्यस्तै उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्बिरोध निर्वाचित भए भने महिलातर्फ सोबिता गौतम विजयी भएकी छन् ।
त्यस्तै महामन्त्रीमा विपिन आचार्य विजयी भएका छन् भने सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी विजयी भएका छन् ।
अब सभापति लामिछानेले विधानको व्यवस्था अनुसार एक उपसभापति, एक महामन्त्री, २ सहमहामन्त्री, एक प्रवक्ता र ३ सहप्रवक्ता मनोनित गर्ने छन् ।
त्यस्तै महाधिवेशनले ९९ केन्द्रीय सदस्य समेत निर्वाचित गरेको छ । १५८ सदस्यीय केन्द्रीय समितिमा लामिछानेले अब ५१ सदस्य मनोनित गर्ने छन् ।
त्यसैगरी विधानको व्यवस्था अनुसार वरिष्ठ नेतामा बालेन्द्र शाह मनोनित हुनेछन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.