लगातार घट्दै कच्चा तेलको मुल्य
अमेरिका र इरानबीच शान्ति सम्झौता भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ ।
काठमाडौँ । अमेरिका र इरानबीच शान्ति सम्झौता भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ । कच्चा तेलको मूल्य ३.१ प्रतिशतले घट्दा ब्रेन्ट क्रुडको मूल्य मध्यपूर्व तनाव सुरु भएयताकै पहिलो पटक प्रतिव्यारेल ७५ अमेरिकी डलरभन्दा तल झरेको हो ।
विश्व बजारमा ब्रेन्ट क्रुड वायदा कारोबार २.३२ अमेरिकी डलरले घटेर प्रतिव्यारेल ७४.७६ अमेरिकी डलरमा पुगेको छ । त्यसैगरी अमेरिकी कच्चा तेलको सूचक वेस्ट टेक्सास इन्टरमिडियट पनि २.१७ अमेरिकी डलर अर्थात् २.९६ प्रतिशतले घटेर प्रतिव्यारेल ७१.०४ अमेरिकी डलरमा कारोबार भएको छ ।
अमेरिका र इरानबीच जुन १७ मा भएको सहमतिपछि तेलवाहक जहाज होर्मुज जलडमरूमध्य पार गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त मार्गबाट १ करोड ९० लाख ब्यारेल तेल ढुवानी भएको दाबी गरेका छन्, जुन अहिलेसम्मकै उच्च परिमाण रहेको बताइएको छ ।
ब्रेन्ट क्रुडको मूल्य प्रतिव्यारेल ७४.६१ अमेरिकी डलरसम्म झरेको छ, जुन यो फेब्रुअरी २७ यताकै सबैभन्दा न्यून स्तर हो । सोही अवधिमा इरानमाथि अमेरिका र इजरायलको सैन्य कारबाही सुरु भएको थियो ।
यस्तै, वेस्ट टेक्सास इन्टरमिडियटको मूल्य पनि घटेर प्रतिव्यारेल ७०.९१ अमेरिकी डलरसम्म पुगेको छ, जुन मार्च ३ यताकै सबैभन्दा कम स्तर मानिएको छ ।
बजार विश्लेषकहरूका अनुसार होर्मुज जलडमरूमध्यमार्फत तेलवाहक जहाजहरूको आवागमन पुनः सामान्य बन्दै गएपछि आपूर्ति अवरोधको चिन्ता कम भएको छ। यही कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा दबाब परेको र मूल्य घट्ने क्रम देखिएको उनीहरूको भनाइ छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.