वीरगन्ज महानगरले ल्यायो चार अर्ब ४२ करोडको बजेट

वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

Artha Kendra Artha Kendra
बुधबार, १० असार २०८३, ७:३ PM
फन्ट
वीरगन्ज महानगरले ल्यायो चार अर्ब ४२ करोडको बजेट

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बुधबार आयोजित महानगरको २०औँ नगरसभा अधिवेशनमा कार्यवाहक मेयर इम्तियाज आलमका तर्फबाट नगर कार्यपालिका सदस्य जगत साह कानुले आय–व्यय विवरणसहित बजेट प्रस्तुत गरेका हुन् ।

बजेटअनुसार चालू खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख रुपैयाँ (५४.३ प्रतिशत), पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख रुपैयाँ (४४.६ प्रतिशत) तथा वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ (१.१ प्रतिशत) विनियोजन गरिएको छ ।

महानगरले आगामी वर्षको खर्च व्यवस्थापनका लागि संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ, आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख रुपैयाँ, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख रुपैयाँ, घरजग्गा रजिस्ट्रेसन शुल्कबाट ४५ करोड रुपैयाँ, गत वर्षको नगद मौज्दातबाट ४ करोड ६९ लाख रुपैयाँ तथा नगर विकास कोषबाट १५ करोड रुपैयाँ जुटाइने जनाएको छ ।

महानगरले शिक्षा, स्वास्थ्य सेवा, सरसफाइ व्यवस्थापन, वन तथा वातावरण संरक्षण, कृषि, पर्यटन, उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण तथा प्रविधिमैत्री सेवा प्रवाहलाई बजेटका प्रमुख प्राथमिकतामा राखेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.