विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।

Artha Kendra Artha Kendra
बुधबार, १० असार २०८३, ५:२८ PM
फन्ट
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।

बुधबार सर्वोच्च अदालतमा पौडेलकी पत्नीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । यस रिटको सुनुवाई बिहीबार हुने भएको छ।

रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ ।

पौडेललाई विशेष अदालतले मंगलबार ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।पौडेललाई सम्पत्ति शुद्धिकरण मुद्धामा सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

RH

Ram Hari Simkhada

·

सपना