रास्वपाको पदाधिकारीमा भिडन्त, को को बन्दैछन् उम्मेदवार ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ जना केन्द्रीय सदस्यका लागि आज मतदान हुदैछ ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ जना केन्द्रीय सदस्यका लागि आज मतदान हुदैछ ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मतदानको समय नतोकेपनि आज इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) र मोबाइल एप प्रयोग गरेर मतदान गर्ने निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिएका छन् ।
महाधिवेशन स्थलमा उपस्थित प्रतिनिधिले ईभीएमबाट मतदान गर्ने छन् भने विदेशमै रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिएका छन् ।
९९ केन्द्रीय सदस्यका लागि ४०० भन्दा बढी प्रतिनिधिले उम्मेद्वारी दर्ता गराएपनि आयोगले अहिलेसम्म उम्मेदवारको सूची सार्बजनिक गरेको छैन । मतदानका लागि ८० वटा ईभीएम तयार गरिएको छ । त्यस्तै विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने प्रतिनिधि करिब चार हजार रहेका छन् ।
केन्द्रीय सदस्यमा ४ सय भन्दा बढी उम्मेदवार बन्दै गर्दा पदाधिकारीमा नेताहरुबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यको निर्वाचन हुने व्यवस्था छ भने दोस्रो चरणमा पदाधिकारीहरूको निर्वाचन हुने व्यवस्था छ ।
रास्वपाको यस प्रथम महाधिवशेनले १५८ सदस्यीय कार्यसमिति चयन गर्दैछ । जसमा १९ जना पदाधिकारी रहनेछन् । सभापति एक जना, वरिष्ठ नेता एक जना, उपसभापति कम्तिमा एक महिलासहित तीन जना, महामन्त्री दुई जना, सहमहामन्त्री कम्तीमा एक महिलासहित पाँच जना, कोषाध्यक्ष एक जना, सहकोषाध्यक्ष दुई जना, प्रवक्ता एक जना र सहप्रवक्ता तीन जनाको पदाधिकारी रहने छ । त्यस्तै सात प्रदेशका सभापति स्वत: केन्द्रीय सदस्य हुने नयाँ विधानमा व्यवस्था गरिएको छ ।
जस अनुसार ९९ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ५१ जान सभापतिबाट मनोनीत गरिने व्यवस्था गरिएको छ ।
पदाधिकारीको निर्वाचन केन्द्रीय सदस्यमा विजयी उम्मेदवारले मात्र प्रतिष्पर्धा गर्न पाउने व्यवस्था रहेको छ । पदाधिकारीमा २ उपसभापति, १ महामन्त्री, ३ सहमहामन्त्रीका दोस्रो चरणमा निर्वाचन हुनेछ । त्यस्तै १ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री, कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, प्रवक्ता र ३ सहप्रवक्ता सभापतिले मनोनीत गर्ने नयाँ विधानमा व्यवस्था गरिएको छ । त्यस्तै वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाहलाई निर्बिरोध गरिने र यसका लागि निर्वाचन नहुने भएको छ ।
उपसभापति एक महिला अनिवार्य गरिएकाले आकांक्षीहरूको संख्या धेरै देखिएको छ । मन्त्री प्रतिभा रावल, सोबिता गौतम र वर्तमान कोषाध्यक्ष समेत रहेकी सांसद लिमा अधिकारी, विवेकशील अभियानबाट आएकी समीक्षा बाँस्कोटा र सांसद तोसिमा कार्की उपसभापतिका आकांक्षीमा प्रमुख रुपमा देखिएका छन् ।
त्यसैगरी वर्तमान उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपसभापतिमा प्रमुख दाबेदार रहेका छन् भने मन्त्री शिशिर खनाल, सांसदहरू हरि ढकाल र गणेश पराजुली पनि उपसभापतिको दौडमा रहेका छन् । त्यस्तै बालेन निकट मन्त्री सुनील लम्साल पनि उपसभापतिको दाबेदार रहेको बताइएको छ ।
त्यसैगरी महामन्त्री पदमा नेताहरुबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । वर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी र भूपदेव शाह स्वाभाविक दाबेदार छन् भने प्रवक्ता मनिष झाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै विपिनकुमार आचार्य, दीपक बोहोरा र प्रमोद न्यौपाने, सागर ढकाल पनि महामन्त्रीको आकांक्षी रहेको बताइएको छ । विधानअनुसार दुई महामन्त्रीमध्ये एक जना सभापतिबाट मनोनीत हुने भएकाले बाँकी एक महामन्त्रीका लागि प्रतिष्पर्धा हुने देखिएको छ ।
त्यसैगरी सहमहामन्त्रीमा पनि प्रतिष्पर्धा कडा हुने देखिएको छ । सहमहामन्त्रीमा ३ जनाको निर्वाचन हुदैछ भने २ जना सभापतिले मनोनित गर्ने व्यस्था रहेको छ । सहमहामन्त्रीका लागि संसदहरु प्रकाशचन्द्र परियार, रञ्जु दर्शना, पुकार बम, रमेश प्रसाईं, केपी खनाल, यज्ञमणि न्यौपाने र खगेन्द्र सुनारलगायतले दाबेदारी पेश गरेका छन् । त्यस्तै गृहमन्त्री सुधन गुरुङले पनि पदाधिकारीमा चुनाव लड्ने बताइएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.