विश्वकपमा आजराति पोर्चुगल र उज्बेकिस्तान भिड्दै
क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले जारी फिफा विश्वकप अन्तर्गत समूह केको दोस्रो खेलमा आज राति उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले जारी फिफा विश्वकप अन्तर्गत समूह केको दोस्रो खेलमा आज राति उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।
अमेरिकाको हस्टन स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति १०:४५ बजेदेखि सुरु हुनेछ ।
रोबर्टो मार्टिनेजको प्रशिक्षणमा रहेको स्टार खेलाडीहरूले भरिएको पोर्चुगललाई यस प्रतियोगिताको उपाधि दाबेदारमध्ये एक मानिएको छ । तर टोलीले सुरुआत भने अपेक्षाअनुसार गर्न सकेन । पहिलो खेलमा उसले डीआर कंगोसँग १–१ को बराबरी खेलेको थियो ।
जोआओ नेभेसले छैटौं मिनेटमा गरेको गोल नै पोर्चुगलको एकमात्र सट थियो, जुन लक्ष्यमा परेको थियो । खेलमा डीआर कंगोको तुलनामा पोर्चुगलको प्रदर्शन कमजोर देखियो । योआने विसाको बराबरी गोलपछि पोर्चुगल निराश बनेको थियो ।
रोनाल्डोको प्रदर्शन पनि चर्चा बाहिर रहेन । उनले गरेका तीन प्रहारमध्ये कुनै पनि सट लक्ष्यमा परेनन् । ४१ वर्षीय रोनाल्डो पछिल्ला १० ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका खेलमा गोल गर्न सकेका छैनन् । पेनाल्टीबाहेकको तथ्यांक हेर्दा उनी पछिल्ला १३ खेलमा गोलविहीन छन् ।
जारी विश्वकपमा लियोनेल मेसी र किलियन एम्बाप्पेजस्ता स्टार खेलाडीले शानदार प्रदर्शन गरिरहेका बेला रोनाल्डोमाथि गोल गर्दै पोर्चुगललाई जित दिलाउने दबाब बढेको छ ।
पोर्चुगलले विश्वकप इतिहासमा पहिलो दुई खेलमा जित निकाल्न नसकेको यो दोस्रो पटक हुन सक्छ । यसअघि सन् २०१४ मा उसले पहिलो खेलमा जर्मनीसँग ४–० को हार र दोस्रो खेलमा अमेरिकासँग २–२ को बराबरी खेलेको थियो ।
उता उज्बेकिस्तानले आफ्नो पहिलो विश्वकप खेलमै कोलम्बियासँग १–३ को हार व्यहोरेको छ । यससँगै उज्बेकिस्तान लगातार तीन खेलमा पराजित भएको छ । यसअघि उसले अभ्यास खेलमा क्यानडासँग ०–२ र नेदरल्यान्ड्ससँग १–२ को हार बेहोरेको थियो ।
कोलम्बियासँगको खेलमा उज्बेकिस्तानले राम्रो आक्रमण गरे पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन । खेलमा उसले धेरैजसो समय आफ्नै आधा मैदानमै खेल्न बाध्य भएको थियो ।
दुवै टोली पहिलो पटक विश्वकपमा आमनेसामने हुँदैछन् । एसियाली राष्ट्रविरुद्ध पोर्चुगल पछिल्ला दुई विश्वकप खेलमा जितविहीन छ भने उज्बेकिस्तानले युरोपेली टोलीसँग खेलेका पछिल्ला २३ खेलमध्ये केवल एक जित मात्र निकालेको तथ्यांक छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.