आज १४ जनाले मन्त्री पदको सपथ लिने, साँझ ५ बजे सपथ ग्रहण (सुचीसहित)

बुधबार, २३ फाल्गुण २०८०, ४:२६ PM
post-image

काठमाडौं, २३ फागुन । पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको मन्त्रीमण्डलमा आज थप १४ जनाले मन्त्रीले पद तथा गोपनियताको सपथ लिने भएका छन । 

जसअनुसार नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनाले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन । प्रचण्ड सरकारमा रहने १७ मध्ये तीन जनाले यसअघि नै पद तथा गोपनियताको सपथ लिइसकेका छन ।  

जसका लागि राष्टपति भवन, शितल निवासमा साँझ ५ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

यसअघि एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्यालले पद तथा गोपनियताको सपथ लिदैँछन । बिना बिभागीय मन्त्रीको हैसियतमा सपथ लिएका यी तीन नेताले आजै मन्त्रालयको जिम्मेवारी पाउने छन् ।

 

प्रधानमन्त्रीः पुष्पकमल दाहाल प्रचण्ड


नेकपा एमालेका मन्त्रीहरूः

उपप्रधान तथा भौतिक पूर्वाधार: रघुवीर महासेठ

कानुन न्याय तथा संसदीय मामिला: पदम गिरी

रक्षा: हरि उप्रेती

महिला बालबालिका: भगवति चौधरी

खानेपानी: राजेन्द्र राई

उद्योग: दामोदर भण्डारी

कृषि तथा सहकारी: ज्वालाकुमारी साह

भूमि व्यवस्था: बलराम अधिकारी

 

माओवादीका मन्त्रीहरू

उपप्रधान तथा परराष्ट्र: नरायणकाजी श्रेष्ठ

अर्थ: वर्षमान पुन

उर्जा: शक्ति बस्नेत

सुचना तथा सञ्चार : रेखा शर्मा

संस्कृति तथा पर्यटन: हितबहादुर तामाङ

 

रास्वपाका मन्त्रीहरू

उपप्रधान तथा गृह: रवि लामिछाने

श्रम तथा राेजगार: डीपी अर्याल

युवा तथा खेलकुद: विराजभक्त श्रेष्ठ

शिक्षा तथा बिज्ञान: सुमना श्रेष्ठ

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}