नेपाल ग्रे लिष्टमा कायमै, एफएटीएफले दियो ६ सुझाव
फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न आवश्यक सुधारका काममा निरन्तरता दिन आग्रह गर्दै ६ वटा प्रमुख सुझाव दिएको छ।
काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न आवश्यक सुधारका काममा निरन्तरता दिन आग्रह गर्दै ६ वटा प्रमुख सुझाव दिएको छ।
एफएटीएफको पछिल्लो बैठकले नेपालसहित २२ वटा देशलाई तत्काल समयसीमा नपरेका विषयमा स्वेच्छिक रूपमा प्रगति प्रतिवेदन पेश गर्न केही लचकता प्रदान गरेको जनाएको छ।
फेब्रुअरी २०२६ यताको प्रगति समीक्षा गर्दै एफएटीएफले नेपाललाई निम्न सुझावहरू दिएको छः
१. प्रमुख मनी लाउन्डरिङ (एमएल) तथा आतंकवाद वित्तीयकरण (टीएफ) सम्बन्धी जोखिमको बुझाइ थप सुधार गर्ने।
२. वाणिज्य बैंक, उच्च जोखिमयुक्त सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा पत्थर व्यवसाय (डीपीएमएस) र घरजग्गा क्षेत्रको जोखिम–आधारित नियमनलाई थप प्रभावकारी बनाउने।
३. वित्तीय समावेशनमा असर नपर्ने गरी अवैध रूपमा सञ्चालन भइरहेका भेन्डर मनी ट्रान्सफर सेवा (एमभीटीएस) तथा हुन्डी कारोबारको पहिचान गरी कारबाही भएको प्रमाणित गर्ने।
४. मनी लाउन्डरिङ अनुसन्धान गर्ने निकायहरूको क्षमता र आपसी समन्वय बढाउने।
५. मनी लाउन्डरिङ सम्बन्धी अनुसन्धान तथा अभियोजनको संख्या र प्रभावकारिता वृद्धि भएको देखाउने।
६. जोखिमको प्रकृतिअनुसार अपराधबाट प्राप्त सम्पत्ति तथा साधनको पहिचान, ट्रेसिङ, रोकथाम, जफत र आवश्यक परेमा कन्फिस्केसन गरिएको प्रमाणित गर्ने।
एफएटीएफले नेपालले आफ्नो रणनीतिक कमजोरीहरू सम्बोधन गर्न कार्ययोजना कार्यान्वयनमा निरन्तर काम गर्नुपर्ने पनि उल्लेख गरेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.