रास्वपा महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि सहभागी हुदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को  प्रथम राष्ट्रिय महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि सहभागी हुने भएका छन् ।

Artha Kendra Artha Kendra
आइतबार, ७ असार २०८३, ११:४३ AM
फन्ट
रास्वपा महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि सहभागी हुदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को  प्रथम राष्ट्रिय महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि सहभागी हुने भएका छन् ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले ७ प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट चुनिएका ४ हजार २११ महाधिवेशन प्रतिनिधिको नामावली सार्बजनिक गरेको हो ।

आयोगले प्रतिनिधिको विवरण सच्याउनु पर्ने वा प्रकाशित नामावलीमा विरोध भएमा महाधिवेशन सचिवालय प्रदर्शनी स्थलमा सम्पर्क राख्न आग्रह गरिएको छ ।

रास्वपाको महाधिवेशनमा ३३ देशका प्रवास सम्पर्क विभागबाट १७० जना,  विधानअनुसार पार्टी सभापतिबाट १३८ जना प्रतिनिधि मनोनित भएका छन् । त्यस्तै समूहगत रूपमा पार्टी प्रवेश गरेका १९२ जनालाई प्रतिनिधि बनाइएको छ ।

त्यस्तै यस महाधिवेशनमा कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा चयन भएका छन् । 

त्यसैगरी महाधिवेशन प्रतिनिधिकारूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित ५ जना प्रतिनिधि रहेका छन् भने प्रदेश समितिका सबै सदस्यहरू, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी पनि प्रतिनिधि बनेका छन् । 

त्यस्तै सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ विभागबाट ११-११ जना, केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट ११-११ जना महाधिवेशन प्रतिनिधि बनेका छन् । त्यस्तै केन्द्रीय समितिमा नरहेका सांसदहरु पनि महाधिवेशन प्रतिनिधि भएका छन्।

त्यस्तै प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि छानिएको छ । त्यस्तैगरी प्रदेश सम्पर्क विभागबाट तीन-तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि छानिएको छ । गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट पराजित  तथा समानुपातिक सूचीका व्यक्ति पनि प्रतिनिधि भएका छन् । त्यसैगरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित समानुपातिक सूचीमा रहेका पनि प्रतिनिधि बनेका छन् ।

आजदेखि शुरु हुने रास्वपाको महाधिवेशनकको आयोगले निर्वाचन तालिका समेत सार्बजनिक गरिसकेको छ । जस अनुसार निर्वाचन कार्यक्रम  मंगलबारसम्म हुने छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.