अर्थतन्त्रको दूरगामी औपचारिकीकरणका लागि कदम चालेकाछौं- अर्थमन्त्री डा. वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको दूरगामी औपचारिकीकरणका लागि सरकारले कदम चालेको बताएका छन् ।
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको दूरगामी औपचारिकीकरणका लागि सरकारले कदम चालेको बताएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री डा. वाग्लेले करका दरका बारेमा बोल्दै अर्थतन्त्रको दूरगामी औपचारिकीकरणका लागि सरकारले कदम चालेको उल्लेख गर्दै भ्रममा नपर्न आग्रह गरेका हुन् ।
उनले प्रगतिशिल नारा लिएर आएका सांसदहरुले तीन मिनेटमै विरोधाभासपूर्ण कुरा गरेको सुन्दा आफूलाई अचम्म लाग्ने गरेको बताए । उनले सांसदहरुले प्रगतिशिल करहरुमा विरोध गरेको बताउदै प्रगतिशिल कर भनेको अलिकति आम्दानी भएको र सक्नेले नसक्नेलाई दिने कर भएको बताए । उनले खर्बौ लगानी गरेर, बर्षौसम्म कर छुट गरेर विद्युत क्षेत्रलाई अहिलेको उचाइसम्म पुर्याइएको बताउँदै अहिले निजी क्षेत्रले विद्युत उत्पादनको ८० प्रतिशत हिस्सा ओगट्ने अवस्था बनेको बताए । अर्थमन्त्री डा. वाग्लेले अब निजी क्षेत्रलाई विद्युत बेच्न र ट्रान्समिसन लाइन विस्तारमा सहयोग पुग्ने गरी छुट दिएर अर्को उचाइमा पुर्याउने लक्ष्यमा रहेको बताए ।
अहिले नयाँ सरकार आएकोले अलिकति विश्वासको संकट कायमै रहेको बताउदै सरकारले विश्वास बढाउने वातावरण बनाउने किसिमले बजेट ल्याएको दाबि गरे ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.