हिजो र आज शासन गर्नेमा फरक देखिएन- ज्ञानेन्द्र शाही

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ३५ बर्ष शासन गरेका र अहिले सरकार चलाउनेहरुबीच फरक नरहेको टिप्पणी गरेका छन् ।

Artha Kendra Artha Kendra
शुक्रबार, ५ असार २०८३, १२:१३ PM
फन्ट
हिजो र आज शासन गर्नेमा फरक देखिएन- ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ३५ बर्ष शासन गरेका र अहिले सरकार चलाउनेहरुबीच फरक नरहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले हिजो शासन गर्ने र अहिले शासन गर्नेहरुमा कुनै परिवर्तन नदेखिएको बताउदै सरकारको आलोचना गरेका हुन् ।

शाहीले इभि गाडी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै हिजो सुन प्रकरणको छानबिन गर्न नमानेको र अहिलेको सरकारले इभि गाडीको छानबिन गर्न नमानेको उल्लेख गरे । उनले भने- ' हामीलाई भोको पेटको पिडा थाहा छ । गरिबको चोट कस्तो हो त्यो थाहा छ । हामि गरिब हुन सक्छौं बरु भोकै बस्न सक्छौं तर इमान बेच्न सक्दैनौं । सत्यको पक्षमा उभिन डराउदैनौं । आज पनि हामि कुनै व्यक्ति विशेषको विरुद्धमा छैनौं । हामि सत्यको पक्षमा छौं । हामी राज्यको राजश्व जोगाउनुपर्छ भन्नेमा छौं । त्यसैले संसदीय छानबिन समिति गठन गरौँ ।' 

शाहीले आफुहरुले सुशासन र जवाफदेहिताको पक्षमा कुरा उठाएको र यी विषय उठाउन नडराउने भन्दै सत्ता पक्षले डिजिटल मिडियाबाट विपक्षी दलहरुलाई आक्रमण गरेको आरोप लगाए ।

देशलाई गरिब किसान र सर्वहाराले बिगारेका होइनन भन्दै देश पढेलेखेका र सत्ता र शक्तिमा पहुँच राख्नेले बिगारेको उनले दाबि गरे ।

उनले आफु एक्लै भएपनि सधै सत्यको पक्षमा उभिने भन्दै सत्ता पक्षले ५ सिटे र यति सिटे भन्दै आफुहरुलाई कटाक्ष गर्ने गरेको प्रसंग उल्लेख गरे ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.