गृहमन्त्रीमाथिको छानबिन र मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग
नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिनसम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिनसम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केरुङले गृहमन्त्रीले कुन आधारमा सफाइ पाए भन्ने विषयमा संसद् र जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने बताउदै छानबिन आयोगको प्रतिवेदन सार्बजनिक गर्न माग गरेका हुन् ।
साथै सांसद केरुङले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन समेत सार्वजनिक गरी कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएका थिए ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई कार्यालयमा बोलाएर दबाब दिदै पक्राउ पुर्जी जारी गराइएको विषय बाहिर आएको उल्लेख गर्दै त्यसबारे सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।
साथै सांसद केरुङले प्रधानमन्त्रीको सीमा सम्बन्धि अधिव्यक्ति बारे आफुहरुको विरोध कायम राखेको जानकारी दिदै प्रधानमन्त्रीले संसदमा आएर आफ्नो भनाई फिर्ता लिन माग गरेका थिए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.