नेप्सेले ३१ ब्रोकरलाई दियो मार्जिन कारोबार अनुमति

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा दिनका लागि अहिलेसम्म ३१ स्टक ब्रोकरलाई अनुमतिपत्र र थप २४ लाई आशयपत्र प्रदान गरेको छ।

Artha Kendra Artha Kendra
बिहिबार, ४ असार २०८३, ११:२३ AM
फन्ट
नेप्सेले ३१ ब्रोकरलाई दियो मार्जिन कारोबार अनुमति

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा प्रदान गर्न चाहने शेयर दलाल (स्टक ब्रोकर)हरूलाई अनुमति दिन सुरु गरेको छ। यससँगै लगानीकर्ताले आफ्नो ब्रोकरमार्फत मार्जिन सुविधा पाउने बाटो खुलेको छ।

नेप्सेले हालसम्म ३१ वटा ब्रोकरलाई मार्जिन कारोबार सुविधा प्रदान गर्न अनुमतिपत्र दिएको छ। ती ब्रोकरले गत जेठ मसान्तसम्म नेप्सेबाट अनुमतिपत्र प्राप्त गरेका हुन्।

यसैगरी अर्का २४ वटा ब्रोकरले मार्जिन कारोबार सुविधा प्रदान गर्न आशयपत्र (लेटर अफ इन्टेन्ट) पाएका छन्। ती ब्रोकरलाई पनि छिट्टै अनुमतिपत्र प्रदान गरिने नेप्सेले जनाएको छ।

अनुमतिपत्र पाएका ३१ ब्रोकर

  1. क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (नं. ५०)
  2. सेक्युर्ड सेक्युरिटिज (नं. ३६)
  3. विजन सेक्युरिटिज (नं. ३४)
  4. प्राइमो सेक्युरिटिज (नं. १६)
  5. कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (नं. ३५)
  6. दीपशिखा धितोपत्र कारोबार कम्पनी (नं. ३८)
  7. इम्पेरियल सेक्युरिटिज (नं. ४५)
  8. दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस (नं. ५९)
  9. आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (नं. ५७)
  10. डाइनामिक मनी मेनेजर्स सेक्युरिटिज (नं. ४४)
  11. दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (नं. ३३)
  12. श्वेता सेक्युरिटिज (नं. २५)
  13. सुमेरु सेक्युरिटिज (नं. ३९)
  14. निभ सेक्युरिटिज (नं. ४७)
  15. श्रीहरि सेक्युरिटिज (नं. ५६)
  16. नासा सेक्युरिटिज (नं. ५८)
  17. सिप्रवी सेक्युरिटिज (नं. २२)
  18. भृकुटी स्टक ब्रोकिङ कम्पनी (नं. ५५)
  19. सुन्धारा सेक्युरिटिज (नं. ५२)
  20. क्रियटिभ सेक्युरिटिज (नं. ४०)
  21. त्रिशक्ति सेक्युरिटिज पब्लिक (नं. ४८)
  22. एबीसी सेक्युरिटिज (नं. १७)
  23. श्रीकृष्ण सेक्युरिटिज (नं. २८)
  24. अनलाइन सेक्युरिटिज (नं. ४९)
  25. सनी सेक्युरिटिज कम्पनी (नं. ४२)
  26. ओपल सेक्युरिटिज इन्भेष्टमेन्ट (नं. ०४)
  27. कालिका सेक्युरिटिज (नं. ४६)
  28. नबिल स्टक डिलर (नं. ७७)
  29. नागरिक स्टक डिलर कम्पनी (नं. ६०)
  30. एनआईएमबी स्टक मार्केट्स (नं. ७५)
  31. हिमालयन सेक्युरिटिज (नं. ९६)

आशयपत्र पाएका २४ ब्रोकर

  1. प्रिमियर सेक्युरिटिज (नं. ३२)
  2. क्यापिटल म्याक्स सेक्युरिटिज (नं. ६२)
  3. सन सेक्युरिटिज (नं. ६४)
  4. शेयरप्रो सेक्युरिटिज (नं. ६५)
  5. केबीएल सेक्युरिटिज (नं. ९४)
  6. एसपीएसए सेक्युरिटिज (नं. ८७)
  7. इन्डेक्स सेक्युरिटिज (नं. ६९)
  8. इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल (नं. ५३)
  9. नेपाल स्टक हाउस (नं. १४)
  10. सजिलो ब्रोकर (नं. ९०)
  11. माछापुच्छ्रे सेक्युरिटिज (नं. ७६)
  12. कलश स्टक मार्केट (नं. ७४)
  13. ब्रिलियन्ट सेक्युरिटिज (नं. ०८)
  14. जेएफ सेक्युरिटिज कम्पनी (नं. ०७)
  15. क्यापिटल हब (नं. ८५)
  16. रोडसो सेक्युरिटिज (नं. ९२)
  17. म्याग्नेट सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनी (नं. ९५)
  18. साउथ एसियन बुल्स (नं. ४३)
  19. प्रोपर्टी बिजार्ड (नं. ६७)
  20. एसियन सेक्युरिटिज (नं. २६)
  21. हिमालयन ब्रोकरेज कम्पनी (नं. ६३)
  22. आकाशभैरव सेक्युरिटिज (नं. ८१)
  23. शुभकामना सेक्युरिटिज (नं. ७१)
  24. ब्लु चिप सेक्युरिटिज (नं. ८८)
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.