विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !

विश्वकप २०२६ मा फुटबलका तीन सुपरस्टार खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितालाई रोमाञ्चक बनाएका छन् । तर पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो इतिहास रच्ने अवसरबाट चुकेका छन् ।

Artha Kendra Artha Kendra
बिहिबार, ४ असार २०८३, ११:७ AM
फन्ट
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !

काठमाडौँ । विश्वकप २०२६ मा फुटबलका तीन सुपरस्टार खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितालाई रोमाञ्चक बनाएका छन् । तर पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो इतिहास रच्ने अवसरबाट चुकेका छन् ।

फ्रान्सका कप्तान किलियन एमबाप्पेले सेनेगलविरुद्ध दुई गोल गर्दै आफ्नो देशका सर्वाधिक गोलकर्ता बने । त्यसपछि नर्वेका इर्लिङ हालान्डले इराकविरुद्ध दुई गोल गर्दै आफ्नो पहिलो विश्वकप खेललाई सम्झनलायक बनाए ।

यता अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै अर्को कीर्तिमान बराबरी गरेका छन् । उनले विश्वकपको अन्तिम चरणमा आफ्नो कुल गोल संख्या जर्मनीका मिरोस्लाभ क्लोजेसँग बराबरीमा पुर्‍याएका छन् । अब दुवै विश्वकप इतिहासका संयुक्त सर्वाधिक गोलकर्ता बनेका छन् ।

यी सबै प्रदर्शनपछि क्रिस्टियानो रोनाल्डोमाथि सबैको ध्यान केन्द्रित भएको थियो । ४१ वर्षीय रोनाल्डोसँग लगातार छैटौँ फरक विश्वकपमा गोल गर्ने इतिहास रच्ने अवसर थियो । तर उनी त्यसमा सफल हुन सकेनन् ।

डिआर कङ्गोविरुद्ध पोर्चुगल १-१ को बराबरीमा रोकिँदा रोनाल्डोले प्रभावशाली प्रदर्शन गर्न सकेनन् । खेलभर मैदानमा रहे पनि उनले निर्णायक भूमिका खेल्न सकेनन् ।

खेलपछि रोनाल्डोले यो आफुहरुले सोचे जस्तो विश्वकपको शुरुवात नभएको बताउदै अब अर्को खेलमा केन्द्रित गर्ने प्रतिक्रिया दिएका छन् । 

हाल २२९ अन्तर्राष्ट्रिय खेल खेलेका रोनाल्डोले पोर्चुगलका लागि १४३ गोल गरेका छन् । तर विश्वकपको आफ्नो पहिलो खेलमा भने उनी अपेक्षाअनुसार चम्किन सकेनन् । रोनाल्डोले यसअघि खेलेका ५ विश्वकपमा कुल ८ गोल गरेका छन् ।

पोर्चुगलले अब अर्को खेल जुन २३ मा उज्बेकिस्तानसँग खेल्दैछ भने त्यसपछि जुन २८ मा कोलोम्बियासँग खेल्ने तालिका छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.