फ्लाई दुबईको पोखरा- दुबईको टिकट बुकिंङ खुला, कति छ भाडा ?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने तयारीमा रहेको विश्वप्रसिद्ध वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा–दुबई र दुबई–पोखरा रुटका लागि टिकट बुकिङ खुला गरेको छ ।
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने तयारीमा रहेको विश्वप्रसिद्ध वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा–दुबई र दुबई–पोखरा रुटका लागि टिकट बुकिङ खुला गरेको छ । कम्पनीले सन् २०२६ सेप्टेम्बर २३ देखि नियमित उडान सञ्चालन गर्ने तयारीसहित बुकिङ सुरु गरेको हो ।
फ्लाई दुबईको उडान विवरण अनुसार दुबईबाट पोखराका लागि उडान नम्बर एफजेड ११६५ र पोखराबाट दुबईका लागि एफजेड ११६६ रहनेछ ।
टिकट मूल्य पनि सार्वजनिक गरिएको छ । पोखराबाट दुबई जाने उडानमा बिजनेस क्लासको भाडा करिब १ लाख ९० हजार र इकोनोमी क्लासको भाडा करिब ९१ हजार रुपैयाँ पर्नेछ । दुबै गन्तव्यबीचको यात्रा समय करिब साढे ४ घण्टा हुनेछ भने पोखराबाट दुबई फर्किँदा करिब साढे ५ घण्टा लाग्ने बताइएको छ ।
कम्पनीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीमा सेप्टेम्बर २३ देखि दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म दैनिक उडान सञ्चालन हुने उल्लेख छ । साथै, संयुक्त अरब इमिरेट्सबाट पोखरासम्म सेवा दिने पहिलो वायुसेवा कम्पनी हुने दाबी गर्दै हिमालय क्षेत्रको पर्यटन राजधानी पोखरासम्म प्रत्यक्ष पहुँच स्थापित हुने बताइएको छ । यात्रुहरूलाई आफ्नो आगामी यात्रा योजना बनाउन आधिकारिक वेबसाइटमार्फत टिकट बुक गर्न पनि आग्रह गरिएको छ ।
यसैबीच, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नियमित अन्तर्राष्ट्रिय उडानका लागि भएको यो प्रगतिलाई महत्वपूर्ण उपलब्धि भन्दै खुशी व्यक्त गरेका छन् । उनले पोखरा–दुबई प्रत्यक्ष उडानको बुकिङ खुला हुनु शहरको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारतर्फको ठूलो कदम भएको बताए ।
उनका अनुसार यो उडानले पोखरालाई विश्व बजारसँग दिगो रूपमा जोड्न र पर्यटन प्रवर्द्धनमा ठूलो योगदान दिने विश्वास गरिएको छ ।
Comments
1 comment · join the conversation
Shiva Mishra
·भाडादर अल्ली महँगो भएन र ?
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.