सुन बजारमा ठूलो झट्का: एकैदिन सुनको मूल्य ह्वात्तै घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

Artha Kendra Artha Kendra
बुधबार, २७ जेठ २०८३, ११:१९ AM
फन्ट
सुन बजारमा ठूलो झट्का: एकैदिन सुनको मूल्य ह्वात्तै घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको १० हजार १ सयले घटेर तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८० रुपैयाँले घटेर तोलाको ४७४० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४९२५ मा कारोबार भएको थियो ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.