दुई महिनादेखि अध्यक्षविहीन सेबोन : ६९ अर्बको आईपीओ पाइपलाइनमा अड्कियो

अध्यक्षका लागि तीन जनाको नाम सिफारिस मन्त्रिपरिषदमा पुगिसके पनि सरकारले अहिलेसम्म नियुक्ति गर्न सकेको छैन।

Artha Kendra Artha Kendra
आइतबार, २४ जेठ २०८३, ६:५६ PM
फन्ट
दुई महिनादेखि अध्यक्षविहीन सेबोन : ६९ अर्बको आईपीओ पाइपलाइनमा अड्कियो

सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठ ले वैशाख ४ गते राजीनामा दिएसँगै बोर्ड नेतृत्वविहीन बनेको हो। हाल अर्थमन्त्रालयका एक सहसचिव कार्यवाहक अध्यक्षको हैसियतमा दैनिक कामकाज चलाइरहेका छन्। श्रेष्ठको राजीनामाभन्दा दुई दिन अगाडि वैशाख २ गते तीनवटा कम्पनीले आईपीओ स्वीकृति पाएका थिए — त्यसपछि कुनै पनि कम्पनीले अनुमति पाएका छैनन्।

अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले जेठ ८ गते तीन जनाको नाम मन्त्रिपरिषदमा पठाइसकेको छ। त्यस पछि मन्त्रिपरिषदको बैठक बसे तापनि एउटैमा पनि यो विषयमा निर्णय भएन। बोर्डको पाइपलाइनमा अहिले १०४ कम्पनीको ४७ करोड २८ लाख ९४ हजार १६३ कित्ता सेयर, कुल रु. ६९ अर्ब ३० करोड ७७ लाख बराबरको आईपीओ स्वीकृतिको पर्खाइमा छ। यसमध्ये जलविद्युत क्षेत्रका ३४ कम्पनीको मात्रै १७ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको आईपीओ रोकिएको छ। त्यसैगरी उत्पादन तथा प्रशोधन क्षेत्रका ३० कम्पनीको ३५ अर्ब ३५ करोडहोटल तथा पर्यटन क्षेत्रका १८ कम्पनीको ६ अर्ब ४५ करोड र इन्भेस्टमेन्ट क्षेत्रका ५ कम्पनीको ३ अर्ब ४१ करोड रुपैयाँको आईपीओ बोर्डको अनुमतिको पर्खाइमा अड्किएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.