महिला लघुवित्तको ८४,५३७ कित्ता संस्थापक शेयर बिक्रीमा

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका दुई संस्थापक शेयरधनीको नाममा रहेको ८४,५३७ कित्ता संस्थापक शेयर शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा राखिएको छ। न्यूनतम मूल्य प्रतिकित्ता ७१५ रुपैयाँ तोकिएको छ।

Artha Kendra Artha Kendra
आइतबार, २४ जेठ २०८३, १०:१८ AM
फन्ट
महिला लघुवित्तको ८४,५३७ कित्ता संस्थापक शेयर बिक्रीमा

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहअन्तर्गतको ८४,५३७ कित्ता शेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरिएको छ। बिक्रीमा राखिएको शेयरमध्ये संस्थापक शेयरधनी निरू कुथुमी राईको नाममा रहेको ७४,२४६ कित्ता र इन्दिरा गिरीको नाममा रहेको १०,२९१ कित्ता शेयर समावेश छ।

उक्त संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७१५ रुपैयाँ तोकिएको छ। इच्छुक व्यक्ति तथा सङ्गठित संस्थाले सो मूल्य वा सोभन्दा बढी मूल्य उल्लेख गरी आवेदन दिन सक्नेछन्। बोलपत्र आवेदन जेठ १ गतेदेखि खुला भएको हो भने आवेदन बुझाउने अन्तिम समय जेठ ८ गते अपराह्न ३ बजेसम्म निर्धारण गरिएको छ।

आवेदन नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, कमलादी, काठमाडौंमा बुझाउनुपर्नेछ। आवेदन फाराम बिक्री प्रबन्धकबाट २०० रुपैयाँ तिरेर प्राप्त गर्न सकिने व्यवस्था छ। संस्थापक शेयर खरिदका लागि न्यूनतम १,००० कित्ताका लागि आवेदन दिनुपर्नेछ। सोभन्दा बढी आवेदन दिन चाहनेले १० कित्ताको गुणनमा वा बिक्रीमा राखिएका सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.