सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

मंगलबार, २२ फाल्गुण २०८०, ११:३१ AM
post-image

काठमाडौं, २२ फागुन । सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद सेयरमा आज आवेदन दिने अन्तिम दिन रहेको छ। आज यसमा कार्यालय समयसम्म आवेदन दिन सकिन्छ। 

बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार सिंगटी हाइड्रोले फागुन २ गतेदेखि १.१ अनुपातमा १ करोड ४५ लाख कित्ता शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो। जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ। यस हकप्रद सेयरको लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरिसकेको छ।

तसर्थ, पुस १९ गतेसम्म कायम लगानीकर्ताले सेयर दाबी गर्न पाउनेछन्। यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ। यस हकप्रद सेयरमा कुमारी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ। 

सेयरमा कुमरी क्यापिटल र कुमारी बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ। यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}