पाँच दिने भारत भ्रमण सकेर फर्किए रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँच दिने भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँच दिने भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत गएका लामिछानेको यो भ्रमण नयाँ सरकार गठनपछि भएको पहिलो उच्चस्तरीय राजनीतिक भेटघाटका रूपमा हेरिएको छ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भ्रमणले नेपाल–भारत सम्बन्ध लाई नयाँ ढंगले अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार नयाँ सरकार गठनपछिको परिवेशमा द्विपक्षीय सहकार्य, लगानी, विकास तथा आपसी सम्बन्ध लाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा सार्थक छलफल भएको छ।
लामिछानेले नेपालले छिमेकी मित्रराष्ट्रसँगको सम्बन्धबाट राष्ट्रिय हितअनुकूल लाभ कसरी लिन सक्छ भन्ने विषयमा समेत कुराकानी केन्द्रित रहेको बताए। उनले भ्रमण राजनीतिक दलबीचको निमन्त्रणामा सम्पन्न भएकाले यसले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा व्यक्त गरे।
भ्रमणका क्रममा भएका भेटवार्ता र छलफलहरू पूर्ण रूपमा खुला र पारदर्शी रहेको दाबी गर्दै उनले कुनै पनि विषय गोप्य वा अस्पष्ट नभएको बताए। विगतका अभ्यासभन्दा फरक रूपमा स्पष्ट उद्देश्य र प्राथमिकतासहित संवाद अघि बढाइएको उल्लेख गर्दै उनले यसले नेपाल–भारत सम्बन्धलाई नयाँ दिशा र गति दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.