दुर्गा प्रसाईं र धवलशमशेर राणाबीच नयाँ राष्ट्रवादी पार्टी खोल्ने सहमति
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान र राप्रपा छोडेका धवलशमशेर राणा समुहबीच नयाँ राष्ट्रवादी राजनीतिक दल बनाउने सहमति भएको छ ।
काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान र राप्रपा छोडेका धवलशमशेर राणा समुहबीच नयाँ राष्ट्रवादी राजनीतिक दल बनाउने सहमति भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरेर प्रसाई र राणाले नयाँ दल बनाउने सहमति गरेका हुन् । उनीहरुले राष्ट्रवादी, राजावादी, देशभक्तलाई एक गर्ने गरि नयाँ राजनीतिक दल बनाएर अगाडी बढ्ने घोषणा गरेका छन् ।
उनीहरुले सनातन हिन्दु अधिराज्य पुनर्स्थापना, पृथ्वीनारायण शाहको दिव्योपदेशमा आधारित दर्शन र दोहोरो नागरिकता पाउनेगरी एकपटकको नेपाली सधैँको हुनेगरी नयाँ पार्टी बनाउने बताएका छन् ।
राणाले पार्टीको नाम भने दुवै पक्षलाई समेटेर बनाइने समितिको सुझाव अनुसार राखिने बताएका छन् । त्यस्तै प्रसाईले राप्रपासहित सबै दलका राष्ट्रवादी नेता कार्यकर्तालाई आफुहरुको दलमा आउन आग्रह गरेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.