सीमा बारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
सरकारका प्रवक्ता सस्मित पोखरेलले संसदमा नेपालले सीमा मिचेको भन्ने थाहा पाएर प्रधानमन्त्रीले आफु अचम्ममा परेको हिसाबले भनेको स्पष्ट गरेका छन् ।
काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले संसदमा नेपालले सीमा मिचेको भन्ने थाहा पाएर प्रधानमन्त्रीले आफु अचम्ममा परेको हिसाबले भनेको स्पष्ट गरेका छन् ।
मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गर्नेक्रममा प्रवक्ता पोखरेलले नेपालले सीमा मिचेको भनेर नभनेको दाबि गर्दै पोखरेलले सीमा विवाद सम्बन्धि काम अगाडी बढाउदा अर्को पक्षले नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आएपछि प्रधानमन्त्री अचम्म परेको भनेर भनेको बताएका हुन् ।
उनले भने- 'प्रधानमन्त्रीजीले के भन्नु भएको हो भने हामीले सीमा विवादसम्बन्धि काम अगाडी बढाउदा अर्को पक्षले नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आएपछि आफु अचम्ममा परेको भनेर भन्नु भएको हो । त्यो हिसाबले सदनमा भन्नु भएको र यस विषयमा परराष्ट्र मन्त्रालयले पनि स्पष्ट गरिसकेको छ ।'
प्रवक्ता पोखरेलले दुई देश बसेर सीमा सम्बन्धि विवाद मिलाउने बताए । उनले प्रधानमन्त्रीले नेपालले सीमा मिचेको भनेर नभनेको दाबि गर्दै प्रवक्ता पोखरेलले नेपालले सीमा मिचेको कुरा आउदा आफु अचम्ममा परेको बताएको उल्लेख गरे ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.