सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुने, तपाईंलाई पर्ने सम्भावना कति ?

सोमबार, २१ फाल्गुण २०८०, १२:२२ PM
post-image

सर्वोत्तम सिमेन्टको आईपीओ फागुन २५ गते, शुक्रबार, कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँट हुने भएको छ।

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। क्यापिटलका अनुसार, सो शेयरमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको छ।

यश कम्पनीमा मागभन्दा अत्यधिक आवेदन परेको थियो त्यसैले धितोपत्र नियमावली अनुसार गोलाप्रथा द्वारा यो कम्पनीको आइपीओ बाँडफाँड हुनेछ जस अनुसार ५५ हजार ५२१ जना आवेदकले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्।

यसरी हेर्दा, आवेदकमध्य जम्मा ५.७ % लाई मात्र आइपीओ पर्ने सम्भावना देखिन्छ। बुक बिल्डिंग प्रणालीद्वारा आइपीओ जारी गरिएको यस कम्पनीमा न्युनत्तम ५० कित्ता आवेदन दिनुपर्ने व्यवस्था थियो।

यो पनि पढ्नुहोस्  

सर्वोत्तम सिमेन्टको ओपेनिङ्ग रेन्ज कती ?

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}