रवि लामिछाने भोलि भारत जादै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् ।

Artha Kendra Artha Kendra
आइतबार, १७ जेठ २०८३, १०:३० PM
फन्ट
रवि लामिछाने भोलि भारत जादै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । लामिछाने भोली सोमबारदेखि भारत भ्रमणमा जाने भएका हुन् ।

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले विज्ञप्ति जारी गर्दै लामिछानेले जुन १ देखि भारतको भ्रमण गर्ने जानकारी दिएका हुन् । चौथाईवालेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नविनको निमन्त्रणामा लामिछाने भारत आउने उल्लेख गरेका छन् । यो भ्रमण रास्वपा र भाजपाबीचको पार्टी पार्टीबीचको इन्गेजमेन्टको रुपमा हुन लागेको उनले बताएका छन् ।

सभापति लामिछाने पत्नी निकिता पौडेल, पार्टी सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपकराज बोहरासहित भारत भ्रमणमा जान लागेको बताइएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल विदेश भ्रमण नजाने भएपछि लामिछाने छिमेकी देश भारतसँगको सम्बन्धलाई सुदृढ बनाउन भ्रमण गर्न लागेको उनी निकट नेताहरुको दाबि रहेको छ । 

भारतले प्रधानमन्त्री शाहको भारत भ्रमण चाहेको भएपनि त्यसो हुन नसकेपछि लामिछानेको भ्रमण हुन लागेको बताइएको छ । भारत भ्रमणको क्रममा लामिछानेको भ्रमण भ्रमणका क्रममा भाजपा अध्यक्ष नितिन नवीन बाहेक अन्य कुन कुन नेतासँग भेटवार्ता हुन्छ भन्ने स्पष्ट गरिएको छैन ।

यसबीचमा भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीको नेपाल भ्रमण स्थगितले पनि नयाँ सरकारसँग भारतको सम्बन्धका विषयमा प्रश्न उठिरहेका बेला लामिछानेको भारत भ्रमणलाई सम्बन्ध सुधारको पहलको रुपमा विश्लेषण गरिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.