सबै मन्त्री हटाउने तयारीमा प्रचण्ड , सानो आकारमा नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने

सोमबार, २१ फाल्गुण २०८०, १०:३३ AM
post-image

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् ।

अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ ।

नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् ।

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले दिएको जानकारीअनुसार एमालेबाट प्रमुख सचेतक पदम गिरी मन्त्री हुनेछन्।

‘आजै मन्त्रिपरिषद् पुनःगठन गर्ने तयारी छ। प्रधानमन्त्रीज्यूले विवादित मन्त्री हटाएँ भनेर ११ बजे संसदलाई जवाफ दिन जानुपर्नेछ,’ सचिव भट्टराईले भने।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने मन्त्रिपरिषद्मा पठाउने सदस्यको टुंगो लगाइसकेको छैन।महामन्त्री डा. मुकुल ढकालका अनुसार मन्त्री र न्यूनतम साझा कार्यक्रममा टुंगो लगाउने जिम्मा पार्टी सभापति रवि लामिछानेलाई दिइएको छ।

सोमबार सभापति लामिछानेको निवासमा बसेको पार्टी सचिवालयको बैठकले तत्कालीन निर्णय लिने अधिकार लामिछानेलाई दिएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}