महावीर पुनको माग पुरा, अनुसन्धान र नवप्रर्वतनका लागि पुँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन
सांसद महावीर पुनले राख्दै आएको माग बजेटमार्फत पुरा भएको छ ।
काठमाडौँ । सांसद महावीर पुनले राख्दै आएको माग बजेटमार्फत पुरा भएको छ ।
सांसद पुनले अनुसन्धान र नवप्रर्वतनका लागि पुँजीगत खर्चको न्यूनतम एक प्रतिशत रकम विनियोजन गर्न गरेको माग डा. अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट मार्फत पुरा गरिदिएका हुन् ।
अर्थमन्त्री वाग्लेले बजेटमा विज्ञान प्रविधि अनुसन्धान र नवप्रर्वतनका लागि पुँजीगत खर्चको न्यूनतम एक प्रतिशत रकम विनियोजन गरेको घोषणा गरेका छन् ।
बजेटमा नवउद्यम (स्टार्ट-अप), नवप्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको दह्रो आधार बनाउने उल्लेख छ ।
साथै नवउद्यमलाई पहिचान, सीप, बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा-आबद्ध कर सहुलियत, सार्वजनिक खरिदमा प्राथमिक पहुँच, डिजिटल दर्ता तथा नियामकीय सहजीकरणमार्फत नव उद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउने, नवउद्यम वित्तपोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान, सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पुँजीको व्यवस्था गरिनुका साथै निजी क्षेत्र र गैरआवासीय नेपालीको सह-लगानी प्रोत्साहित गर्ने उल्लेख छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.