बजेटमाथि प्रतिनिधि सभामा तीन दिन छलफल हुने

प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि लगातार तीन दिन छलफल हुने भएको छ ।

Artha Kendra Artha Kendra
शनिबार, १६ जेठ २०८३, १०:५ AM
फन्ट
बजेटमाथि प्रतिनिधि सभामा तीन दिन छलफल हुने

काठमाडौँ ।  प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि लगातार तीन दिन छलफल हुने भएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले जेठ १८, १९ र २० गते आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफलको समय तोकेका हुन् ।

त्यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटसम्बन्धी विधेयक प्रस्तुत गरेका थिए ।

सभामुख अर्यालका अनुसार उक्त अवधिमा सांसदहरूले बजेटबारे धारणा राख्नेछन् भने अर्थमन्त्री डा. वाग्लेले बजेट बारेमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

 

 
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.