बजेट: कर्मचारीको तलब बढ्यो
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको तलब बढाएका छन् ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको तलब बढाएका छन् ।
बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले कर्मचारीको शुरु स्केलमा १० प्रतिशत तलव वृद्धि गरिएको र कार्यसम्पादनको आधारमा पारिश्रमिकको सुरुवात गर्न नयाँ तलवमानको मासिक १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताएका हुन्।
उनले अहिले कायम १० प्रतिशत महँगी भत्ता पनि यथावत राखिएको बताए ।
अर्थमन्त्रीले सरदार २१ प्रतिशत वृद्धि हुने र न्युनतम तलब ४० हजारदेखि एक लाख माथि कायम हुने बताएका छन् ।
विगत चार वर्षदेखि तलब वृद्धि नभएको र यसबीचमा १७.३ प्रतिशत महँगी बढेको उनले बताए ।
बढ्दो महँगी र कर्मचारीको जीवनयापन खर्चलाई ध्यानमा राख्दै तलब वृद्धि गरिएको सरकारले जनाएको छ । नयाँ व्यवस्था आगामी आर्थिक वर्षदेखि लागू हुने बताइएको छ ।
Comments
2 comments · join the conversation
Sanjaya rai
·Gajab❤️
Anil
·Etnaa khusi 😄😃😀😍
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.