खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको घोषणा गरेका छन् । 

Artha Kendra Artha Kendra
शुक्रबार, १५ जेठ २०८३, ५:३२ PM
फन्ट
खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको घोषणा गरेका छन् । 

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिकको बजेट सार्वजनिक गर्दै खेलकुदको पूर्वाधारको विकासलाई प्राथमिकता दिएको बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले तीन वर्षमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशाला फ्लडलाइटसहितको बनाउने घोषणा गरेका छन् भने प्रमुख ८ सहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला बनाइने र खेलकुदमा आवासीय तालिमको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

त्यस्तै अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय पदक जित्नेलाई आजीवन निशुल्क स्वास्थ्य प्रदान गर्ने घोषणा गरेका छन् । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.