बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डिजिटल भुक्तानीमार्फत वस्तु तथा सेवा खरिद गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) मा १० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

Artha Kendra Artha Kendra
शुक्रबार, १५ जेठ २०८३, ४:४६ PM
फन्ट
बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डिजिटल भुक्तानीमार्फत वस्तु तथा सेवा खरिद गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) मा १० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न भ्याटमा १० प्रतिशत छुट दिने घोषणा गरेका हुन् । हाल मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत कर लाग्दै आएको छ ।

अर्थमन्त्री डा. वाग्लेले संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.