बजेट: आयकर छुट सीमा १० लाख

सरकारले व्यक्तिगत आयकरमा ठूलो राहत घोषणा गर्दै न्यूनतम कर लाग्ने आयको सीमा दोब्बर बनाएको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, १५ जेठ २०८३, ४:४२ PM
फन्ट
बजेट: आयकर छुट सीमा १० लाख

काठमाडौं । सरकारले व्यक्तिगत आयकरमा ठूलो राहत घोषणा गर्दै न्यूनतम कर लाग्ने आयको सीमा दोब्बर बनाएको छ।

त्यस्तै, व्यक्तिगत आयकर दर २९ प्रतिशतमा झारिएको छ । यसअघि यो दर ३९ प्रतिशत थियो ।

त्यस्तै अर्थमन्त्री वाग्लेले ३६० वस्तुको अन्तशुल्क खारेज गरेको बताएका छन् ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वार्षिक १० लाख रुपैयाँसम्मको आयमा अब केवल १ प्रतिशत मात्रै कर लाग्ने घोषणा गरेका हुन्। यसअघि यस्तो सुविधा ५ लाख रुपैयाँसम्मको आयमा मात्रै लागू हुँदै आएको थियो।

सरकारको यो निर्णयले विशेषगरी मध्यम वर्ग, जागिरे कर्मचारी तथा साना व्यवसायीलाई राहत पुग्ने अपेक्षा गरिएको छ। बढ्दो महँगी र जीवनयापन खर्चबीच सरकारले कर प्रणालीलाई केही सहज बनाउने प्रयासस्वरूप यस्तो व्यवस्था ल्याएको बताइएको छ।

यसअघि अविवाहित व्यक्तिका लागि ५ लाख र विवाहितका लागि ६ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत सामाजिक सुरक्षा कर लाग्ने व्यवस्था थियो। अब उक्त सीमा बढाएर १० लाख पुर्‍याइएपछि ठूलो संख्यामा करदाताले प्रत्यक्ष लाभ पाउने भएका छन्।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले कर प्रणालीमा व्यापक सुधारको संकेत समेत गरेको छ। निजी क्षेत्र र उद्योगी व्यवसायीले लामो समयदेखि आयकर छुटको सीमा बढाउन माग गर्दै आएका थिए।

सम्बन्धित (पुरानो)
संसदमा बजेट भाषण शुरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण शुरु गरेका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.