सरकार झुक्कियो, गरिब हटाएर समस्या समाधान हुदैन- गगन थापा

नेपाली काँग्रेसका सभापति गगन थापाले गरिब हटाएर समस्या समाधान नहुने बताएका छन् ।

Artha Kendra Artha Kendra
शुक्रबार, १५ जेठ २०८३, ३:५० PM
फन्ट
सरकार झुक्कियो, गरिब हटाएर समस्या समाधान हुदैन- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले गरिब हटाएर समस्या समाधान नहुने बताएका छन् ।

काँग्रेसले आयोजना गरेको ‘विस्थापनको व्याकुलता: सहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक सङ्घर्षको विश्लेषण’ कार्यक्रममा बोल्दै सरकारले गरिबी हटाउनु पर्नेमा गरिब हटाउन लागेको आरोप लगाउदै गरिब हटाएर समस्याको समाधान नहुने बताएका हुन् ।

उनले भने- 'गरिब र गरिबी फरक कुरा हो । सरकार कहाँ निर झुक्किएको छ भने मलाई लाग्छ भने उसको हस्तक्षेप गरिबीका विरुद्ध हुनुपर्थ्यो, गरिबलाई नै फाल्दिएर गरिवी हट्दैन ।' 

सभापति थापाले कसैको पनि घरसँग भावना जोडिएको हुने उल्लेख गर्दै एक्कासी घर भत्काएर सरकारले गलत काम गरेको बताए । संबिधानमा आत्मसम्मान पुर्वक बाच्न पाउने हक सुनिश्चित गरिएको उल्लेख गर्दै भूमिहीनलाई जग्गा दिनुपर्ने र संबिधानले नै सुनिश्चित गरेको बताए ।

सरकार कानुन भन्दा माथि नहुने बताउदै भूमिहीन सुकुम्बासीको सन्दर्भमा कानुन पालना गर्न चुकेको बताए । उनले कतिपय स्थानीय तहमा पनि कानुन पालना गर्न चुकेको बताउदै कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकारहरुलाई कानुन विपरित काम गरेमा कारवाही गर्ने चेतावनी दिए । उनले देशभर होल्डिङ सेन्टरमा काँग्रेसले मनोसामाजिक परामर्शका लागि प्रतिनिधिहरु खटाउन निर्देशन दिने बताए ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

J

Jeevan

·

sale ahile samma garthis hola ta terai sarkar thyo ta bhate.