प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको अवरोध, प्रतिनिधि सभा १५ मिनेटका लागि स्थगित
प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा शून्य समय र विशेष समय सकिएपछि विपक्षी दलहरुले प्रधानमन्त्री संसदमा आउनुपर्ने माग राख्दै नाराबाजीसहित अवरोध गरेका हुन् ।
अवरोधपछि सभामुख डीपी अर्याल ले सरकार र सत्ता पक्षसँग छलफल भएको तथा प्रधानमन्त्री सांसदहरुको प्रश्नको जवाफ दिन तयार रहेको जानकारी गराएका थिए ।
तर विपक्षी दलहरुले सभामुखको स्पष्ट रुलिङ माग गर्दै प्रधानमन्त्री संसदमा आउने समय तोक्नुपर्ने अडान राखे । उनीहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने भन्दै संसदमै उपस्थित भएर प्रश्नहरुको जवाफ दिनुपर्ने माग दोहोर्याएका थिए ।
सभामुख अर्यालले अवरोधकै बीच बैठक अगाडि बढाउने प्रयास गरेपनि विपक्षी दलहरुको लगातार विरोध जारी रहेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।
Comments
2 comments · join the conversation
Jeevan
·संसद अबरुद्ध गर्न लाई पठाएको हो यिनी हरुलाई ? फेरि निउ नि कै हैन है । येस्ता लाई भाटा हानेर निकाल्ने नियमावली नि बनाउनु परो।
bhim bhujel
·देश फेरि पाँच वर्ष पुरानै पारामा चल्ला जस्तो छ,,😁😁
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.