मल्टिपर्पस फाइनान्स र एसियन लाइफ इन्स्योरेन्सको आज साधारण सभा बस्दै, के के छन् एजेन्डा ?

शुक्रबार, १८ फाल्गुण २०८०, १०:३० AM
post-image

काठमाडौं, १८ फागुन । मल्टिपर्पस फाइनान्सको आज वार्षिक साधारण सभा बस्दैछ। 

मल्टिपर्पस फाइनान्सले लाभांश बिना नै साधारण सभा बोलाएको हो। सभा प्रयोजनका लागि यसले फागुन ६ गते बुक क्लोज गरिसकेको छ। 

मल्टिपर्पस फाइनान्सको वार्षिक साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय राजविराज सप्तरीमा दिउँसो १ बजे सुरु हुनेछ। 

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ। सभामा संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ। यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पनि सभामा पेश हुनेछ। 

 

त्यसैगरी, एसियन लाइफ इन्स्योरेन्सको पनि आज वार्षिक साधारण सभा बस्दैछ। इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई ८.१६ प्रतिशत लाभांश वितरण गर्ने छ। कम्पनीको साधारण सभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुनेछ। 

सभामा कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्नेछ। 

साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुने, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि छ। त्यसैगरी, बोनस सेयर वितरणपश्चात कायम हुने पुँजीमा ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा पनि विशेष प्रस्ताव पेश हुनेछ। 

साधारण सभा प्रयोजनका लागि कम्पनीले  फागुन ८ गते बुक क्लोज गरेको छ। तसर्थ, फागुन ८ भन्दाअघिसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}