प्रतिकूल मौसमले अवरुद्ध विद्युत आपूर्ति पुनः सञ्चालनको प्रयास गर्दैछौं- प्राधिकरण

प्रतिकूल मौसमका कारण विभिन्न प्रसारण लाइन क्षेत्रमा रुख ढल्दा केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

Artha Kendra Artha Kendra
आइतबार, १० जेठ २०८३, ९:२० PM
फन्ट
प्रतिकूल मौसमले अवरुद्ध विद्युत आपूर्ति पुनः सञ्चालनको प्रयास गर्दैछौं- प्राधिकरण

काठमाडौँ । प्रतिकूल मौसमका कारण विभिन्न प्रसारण लाइन क्षेत्रमा रुख ढल्दा केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा प्राविधिक टोलीहरू निरन्तर खटिएर मर्मत तथा पुनः सञ्चालनको काम तीव्र रूपमा अघि बढाइरहेका छन् ।

जस अन्तर्गत पिलुवा (पथलैया)–चन्द्रनिगाहपुर प्रसारण लाइन अन्तर्गत टावर नम्बर १२२ र १२३ बीच रुख ढलेर लाइन प्रभावित भएकोमा रुख हटाउने काम सम्पन्न भइसकेको र हाल सर्किट चार्ज गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

सोही खण्डको टावर नम्बर १३६ र १३७ बीच ढलेका तीन वटा रुख हटाइसकिएको र लाइन पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक काम जारी रहेको बताइएको छ ।

यस्तै अमलेखगञ्ज–कामाने खण्ड अन्तर्गत टावर नम्बर ४६ र ४७ बीच रुख ढल्दा उच्च क्षमताको तारमा क्षति पुगेको छ । मर्मतका लागि प्राविधिक टोली घटनास्थलमा पुगिसकेको र तार जडानको काम सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.