ट्रम्प ह्वाइट हाउसमा रहेका बेला सुरक्षा चेकपोइन्टमा गोलीकाण्ड, आक्रमणकारी मारिए

वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकको सुरक्षा जाँच चौकीमा शनिबार साँझ गोली चलेको घटनामा एक जनाको मृत्यु भएको छ।

Artha Kendra Artha Kendra
आइतबार, १० जेठ २०८३, ८:८ AM
फन्ट
ट्रम्प ह्वाइट हाउसमा रहेका बेला सुरक्षा चेकपोइन्टमा गोलीकाण्ड, आक्रमणकारी मारिए

वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकको सुरक्षा जाँच चौकीमा शनिबार साँझ गोली चलेको घटनामा एक जनाको मृत्यु भएको छ। १७औँ सडक र पेन्सिल्भेनिया एभिन्यूको कुनामा रहेको उक्त चेकपोइन्टमा एक व्यक्तिले झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए।

अमेरिकी गुप्तचर सेवा (सीक्रेट सर्भिस) ले तत्काल जवाफी कारबाही गर्दा आक्रमणकारी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका छन्।

घटनाका क्रममा सुरक्षामा खटिएका कुनै पनि अधिकारी घाइते नभएको बताइएको छ। गोलीकाण्ड हुँदा अमेरिकी राष्ट्रपति ट्रम्प ह्वाइट हाउसभित्रै रहेको पुष्टि गरिएको छ। अधिकारीहरूका अनुसार राष्ट्रपति सुरक्षित छन् र कुनै खतरा उत्पन्न भएको छैन।

घटनापछि ह्वाइट हाउस वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। अमेरिकी सुरक्षा निकायहरूले घटनाको अनुसन्धान अघि बढाइरहेका छन् भने आक्रमणकारीको पहिचान र घटनाको उद्देश्यबारे अझै खुलाइएको छैन।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.