प्रधानमन्त्री शाहलाई संसदमा ल्याउने सभामुख अर्यालको पहल असफल !
सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा ल्याउन गरेको प्रयास असफल भएको छ ।
काठमाडौं । सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा ल्याउन गरेको प्रयास असफल भएको छ ।
विहिबारको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले प्रतिनिधि सभाको नियमावली अनुसार हरेक महिनाको सात गते भित्र प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने प्रावधान अनुसार प्रधानमन्त्रीलाई संसदमा बोलाउन माग गरेका थिए । विपक्षी दलहरुले प्रधानमन्त्रीलाई संसदमा ल्याउन माग गर्दै बैठक अवरुद्ध गरेपछि सभामुख अर्यालले बैठक स्थगित गरेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।
सो छलफलमा प्रधानमन्त्री शाह तत्काल संसदमा आउन नमानेको बताइएको छ । संसदको कार्यवयवस्था समितिमा रहेका एक सांसदले दिएको जानकारी अनुसार सभामुखले अर्को साताको कुनै दिन सांसदका प्रश्नको जवाफ दिन दिन तोक्न सुझाव दिए पनि प्रधानमन्त्री शाहले अस्वीकार गरेका थिए । प्रधानमन्त्री शाहले उपयुक्त समयमा जवाफ दिने भन्दै तत्काल संसदमा आउन अस्वीकार गरेपछि सभामुख फर्किएका थिए ।
त्यसपछि प्रतिनिधि सभाको बैठक शुरु गर्दै उनले विपक्षी दलहरुको नाराबाजीलाई नजर अन्दाज गर्दै संसद सुचारु गरेका थिए ।
Comments
1 comment · join the conversation
Jeevan
·अब बिपक्षी ठुला कि २/३ को प्रधानमन्त्री । यीनि हरुले हेपे हौ प्रधानमन्त्री लाई। उनिहरु ले चाहाने हो भने त गाडी को ढोका नि खोल्न लाउथे होला।
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.