मूल्य पारदर्शिता सप्ताह: २०५ वटा फर्ममा अनुगमन, १० लाई कारवाही
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ‘मूल्य पारदर्शिता सप्ताह’ अन्तर्गत एक सातासम्म सञ्चालन गरेको बजार अनुगमनका क्रममा १० वटा फर्म तथा कम्पनीलाई कारबाही गरेको छ ।
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ‘मूल्य पारदर्शिता सप्ताह’ अन्तर्गत एक सातासम्म सञ्चालन गरेको बजार अनुगमनका क्रममा १० वटा फर्म तथा कम्पनीलाई कारबाही गरेको छ ।
विभागले वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म नियमित बजार अनुगमन सञ्चालन गरेको जनाएको छ । उक्त अवधिमा उपभोक्ता हित संरक्षण, मूल्यसूची अनिवार्य राख्ने व्यवस्था कार्यान्वयन, बिल बिजकको प्रयोग, गुणस्तर कायम तथा बजार अनुशासन अनुगमन गरिएको थियो ।
विभागका अनुसार कुल २०५ वटा फर्म तथा पसलमा अनुगमन गरिएकोमा उपभोक्ता संरक्षणसम्बन्धी कानुन उल्लंघन गर्ने १० वटा फर्म तथा कम्पनीलाई ५ लाख ४५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, थप अनुसन्धान तथा प्रमाण परीक्षणका लागि ४ वटा फर्मसँग आवश्यक कागजात माग गरिएको विभागले जनाएको छ । सामान्य प्रकृतिका त्रुटि तथा कमजोरी भेटिएका १९१ वटा फर्मलाई निर्देशन, सचेतना तथा सुधारका सुझाव दिइएको छ ।
विभागले बजारलाई स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउन नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ । साथै व्यवसायीलाई प्रचलित कानुन पालना गर्न, मूल्यसूची अनिवार्य राख्न, गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन र उपभोक्ताको अधिकार सम्मान गर्न आग्रह गरिएको छ ।
उपभोक्तालाई पनि कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि तथा बिल नदिने जस्ता गतिविधि देखिए विभागमा उजुरी तथा जानकारी गराउन अनुरोध गरिएको छ ।
Comments
1 comment · join the conversation
Ram
·Ramro , Kam , Sarkharko
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.