हर्क साम्पाङको संसदमा विरोध जारी, प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्न माग

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि प्लेकार्ड देखाएर विरोध गरेका छन् । 

Artha Kendra Artha Kendra
बिहिबार, ७ जेठ २०८३, १२:३ PM
फन्ट
हर्क साम्पाङको संसदमा विरोध जारी, प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्न माग

काठमाडौँ ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि प्लेकार्ड देखाएर विरोध गरेका छन् । 

विहिबारको प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ अध्यक्ष साम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति जवाफ देखि बनाउनुपर्ने माग राख्दै प्लेकार्ड देखाएका थिए । 

त्यसपछि उनले बोल्दै प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जवाफदेही नभएको आरोप लगाउदै मार्ग प्रशस्त गर्न माग गरेका छन् । 

उनले आफुले सीमा सम्बन्धमा, सुकुम्बासी सम्बन्धमा प्रधानमन्त्रीले नै सम्हालिरहेका गृह र रक्षा मन्त्रालय सम्हालेकाले संसदमा आएर जवाफ दिनुपर्ने बताए । 

साम्पाङ र श्रम संस्कृति पार्टीले पछिल्ला केहि दिनदेखि प्लेकार्ड देखाएर संसदमा सभामुखको ध्यानाकर्षण गराउदै आएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

3 comments · join the conversation

UK

UMESH KUMAR PRASAD

·

त्यस्ता बक्लोलकाे कारण विगत देखि तहस नहस भएको देश अहिले बल्ल राम्रो दिशामा गएको देशलाई फेरि खत्तम पार्न लागेको यो हर्के गुइँठे लाज लाग्दैन मूर्ख

GK

Gan Khadka

·

Yesko Kam xina

J

Jeevan

·

2 Din ko lagi sansad bata niskasan garos sarkar le 😂