अमेरिकी डलरको भाउ सामान्य बढ्याे, अन्यको अवस्था कस्तो ?
काठमाडौ, फागुन १७ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ । यसैगरी बिहिबार युरोको र बेलायती पाउण्डको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०८ पैसाले बढेको हो । बुधबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९४ पैसामा भएको थियो ।
बिहिबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ २० पैसा र बिक्रीदर १४३ रूपैयाँ ८४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४४ पैसाले घटेको हो। बुधबार यसको खरिददर १४३ रूपैयाँ ६४ पैसा र बिक्रीदर १४४ रूपैयाँ २२ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ ४४ पैसाले घटेर एकको खरिददर १६७ रूपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रूपैयाँ २१ पैसा कायम गरिएको छ । बुधबार यसको खरिददर १६७ रूपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६५ पैसामा कारोबार भएको थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४४ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ४९ पैसा र बिक्रीमा ९७ रूपैयाँ ९३ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८३ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९१ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९६ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३६ रूपैयाँ २१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २७ रूपैयाँ ७६ पैसा र बिक्रीदर २७ रूपैयाँ ८८ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ १८ पैसा र बिक्रीदर ४३२ रूपैयाँ १८ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।