प्रधानमन्त्री जवाफ दिन संसदमा आउनुपर्छ, आफ्नो बिहेमा अरुलाई बेहुलो बनाउन मिल्दैन- हर्क साम्पाङ

बिहिबार, ३१ बैशाख २०८३, ४:५२ PM
post-image

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रमको जवाफ दिन संसदमा आउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको जवाफ दिनुपर्ने बताउदै जवाफ दिन प्रधानमन्त्री नआएमा श्रम संस्कृतिले बैठक बहिष्कार गर्ने बताए ।

साम्पाङले आफ्नो बिहेमा अरुलाई बेहुलो बनाएर पठाउन मिल्दैन भन्दै भने- 'नीति तथा कार्यक्रममा छलफल गरिरहदा सरकारको प्रमुखले हामीलाई सुनिरहनु भएको छैन । यो संसदको मर्यादा विपरित छ । म माग गर्न चाहन्छु, उहाले छलफलमा सुन्न आउनु भएन तर उत्तर दिन आउनु हुनेछ भन्ने विश्वास लिएको छ । यदि उहाँ आउनुहुन्न भने श्रम संस्कृति पार्टी बाहिरिने छौं । हामीले अरुबाट सुन्नु पर्ने स्थिति होइन । एउटा सामाजिक परम्परा छ नी, आफ्नो बिहेमा अरुलाई बेहुला पठाएर हुदैन ।'

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

1 comment · join the conversation

RW

Rameshhi Wash

·

आफ्नै बिहे मा पनि तरवार लाई दुलहा को रुपमा पठाउन पाइन्छ

}