हर्क साम्पाङको प्रश्न- सरकारको प्रधानमन्त्री हुनुहुन्छ कि हुनुहुन्न ?
काठमाडौँ । श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा जवाफ दिनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने भन्दै प्रश्न उठाएका छन् ।
उनले भने- 'यो सरकारको प्रधानमन्त्री हुनुहुन्छ कि हुनुहुन्न ? छ भने उहाँले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदहरूले उठाएका प्रश्नको जबाफ नदिनु भनेको जनताका प्रश्नको उत्तर नदिनु हो ।’
उनले अहिले जनता सरकारसँग डराएर बाँच्नुपर्ने अवस्था आएको भन्दै लोकतन्त्र यहि हो त ? भन्दै प्रश्न गरेका छन् । उनले बैठकमा सांसदहरूको उपस्थिति र खाली देखिएका कुर्सी बारे पनि प्रश्न उठाउदै उनले सभामुखको समेत ध्यानाकर्षण गराएका थिए ।
साम्पाङले सरकारले नीति तथा कार्यक्रम ल्याउदा विपक्षी दलहरुसँग छलफल नगरेको भन्दै आलोचना गर्दै इमान्दार नभएसम्म र नियत ठिक ठाउमा नआएसम्म जस्तो नीति ल्याएपनि केहि नहुने बताए ।
Comments
3 comments · join the conversation
Rajan Panta
·arey yrrrr yo mulako samsad pad nai kharej garna milni kanun xaina vanya
Pema lama
·Aru chahi thaha chhaina yo harke chahi bideshi dalal nai Hun.
Tuffan
·Yo jhole kahile sudrine vayena
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.