सरकार असफल भयो- हर्क साम्पाङ

सोमबार, २८ बैशाख २०८३, २:४६ PM
post-image

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार असफल भएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले सरकारले जनताको बाच्न पाउने संबिधान अनुसारको अधिकारको उलंघन गरेको आरोप लगाउदै सरकार असफल भएको बताए ।

उनले सुकुम्बासीको होल्डिङ सेन्टरमा प्रधानमन्त्री नगएको आरोप लगाउदै सीमामा पठाउनुपर्ने सेनालाई सुकुम्बासी बस्तीमा पठाएको भन्दै आलोचना गरेका छन् । उनले भने- 'नेपाली सेनालाई सीमा रक्षा गर्न पठायो कि सुकुम्वासी बस्तीमा दादागिरी देखाउन पठायो ? सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ? त्यसको उत्तर चाहिन्छ ।’

उनले देश अभिभावक विहीन बनेको बताउदा सरकारको औचित्य नभएको जिकिर गरे । साम्पाङले सरकारले भारतलाई नोट पठाएर मात्र सीमा समस्या समाधान नहुने भन्दै दुई पक्षीय वार्ता गर्न नसकेको आरोप लगाए ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

1 comment · join the conversation

SK

sudarshan Khadka

·

यस्ता समाज भडुवा र बिकास बिरोधीले भन्दैमा सरकार सफल वा असफल हुने हैन ।

}