सुकुम्बासीको अधिकार सुरक्षित नभएसम्म हाम्रो छाती हट्ने छैन – रवि लामिछाने
काठमाडौं – रवि लामिछानेले सुकुम्बासी तथा भूमिहीन नागरिकको हक-अधिकार सुनिश्चित गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुनसुकै त्याग गर्न तयार रहेको बताएका छन्। पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुकुम्बासी बस्तीमाथि हुने असुरक्षा, त्रास र कानुनी जटिलताको अन्त्य गर्न रास्वपा ‘ढाल’ बनेर उभिने घोषणा गरे।
लामिछानेले स्पष्ट शब्दमा भने,
“सुकुम्बासीले न्याय नपाएसम्म र उनीहरूको अधिकार सुनिश्चित नभएसम्म हाम्रो छाती हट्ने छैन।”
उनले विगतमा सुकुम्बासी समुदायलाई केवल भोट बैंकको रूपमा प्रयोग गरिएको आरोप लगाउँदै अब त्यो राजनीति अन्त्य हुने दाबी गरे।
उनका अनुसार सुकुम्बासीको समस्या डोजर चलाएर होइन, कानुन परिवर्तन गरेर समाधान गर्नुपर्छ। उनले पार्टीका सांसदहरूलाई संसद्मा पुराना तथा अव्यवहारिक कानुन संशोधनका लागि सक्रिय हुन निर्देशन दिँदै स्थायी समाधान खोज्नुपर्नेमा जोड दिए।
उनले थपे,
“हामी व्यवस्थित बसोबासको ग्यारेन्टी गर्छौं। अधिकार दिने कुरालाई लिपिबद्ध गरेर र आयोग बनाएर हरेक सुकुम्बासी परिवारलाई न्याय दिलाउने हाम्रो प्रतिबद्धता हो।”
रास्वपाले सुकुम्बासी तथा भूमिहीन परिवारको स्थायी व्यवस्थापन, कानुनी अधिकार सुनिश्चितता र लालपुर्जा वितरणलाई दीर्घकालीन एजेन्डाको रूपमा अघि सारेको जनाएको छ। लामिछानेले रास्वपा इतिहास लेख्न आएको दोहोर्याउँदै सुकुम्बासी मुद्दामा कुनै सम्झौता नगर्ने अडान व्यक्त गरे।
Comments
1 comment · join the conversation
Jamahir kumar Ray
·त्यसो भए अन्य दललाई यो मुद्दामा भजाएर खाने बाताबरण त तपाईंहरुले बनाउनु भयो, किन आक्रमक तरिकाले सबै पालिका सङ सुकुम्बासीको रेकर्ड लिने, हटाउने सम्मको निर्देशन पत्र काटेर मिडिया ट्रायल गराउनु भयो।
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.