रास्वपाले आशिका तामाङलाई अनुशासनको कारवाही गर्न लागेको हो ?

आइतबार, २७ बैशाख २०८३, ३:१८ PM
post-image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरुलाई दिइरहेको प्रशिक्षण स्थलको बारेमा सांसद आशिका तामाङले प्रश्न उठाएकी छन् ।

शनिबारदेखि ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन शुरु भएको प्रशिक्षणको बारेमा आशिकाले प्रश्न उठाउदै सिंहदरबारमा यति धेरै हल हुदा पनि पैसा तिरेर बाहिर किन गरिएको भन्दै प्रश्न उठाएकी हुन् ।

उनले भनेकी छन्- 'संसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरु बाहिर कसैसँग हल् सापटी लिएर गर्नु  पर्नु कुनै बाध्यता पक्कै होइन होला ? सिंहदरबारमा त्यस्ता सभाहल कति छन् कति , बाहिर किन आखिर ? बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखा जोखा कस्ले गर्ने ? कि सांसदहरूलाई सुरक्षाको लागि महंगा हलहरुमा कार्यक्रम गरिएको  हो भने के एक दिन मात्र चाहिने हो सुरक्षा ? अरु दिन चाहिँ पर्दैन ? हामी आफै परिवर्तनको पक्षमा हिँडिरहँदा, फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने उहीँ भने जस्तो भयो भने पुराना र हामी नयाँमा के फरक भयो त ?'

आशिकाले यसै पोष्टको कमेन्टमा यसअघि रास्वपाले टुलिप होटलमा गरेको प्रशिक्षणको सन्दर्भमा समेत टिप्पणी गर्दै टुलिप होटेल, फाइभ स्टारको होटेल भनेर पहिले थाहा पाएको भए, आफु त्यो अभिमुखीकरण कार्यक्रममा जाँदै जाने थिइन भनेकी छन् ।

शनिबारदेखि शुरु भएको रास्वपाको सांसदहरुको प्रशिक्षणमा धेरै सांसदहरु अनुपस्थित रहेपछि संसदीय दलका उपनेता गणेश पराजुलीले कार्यक्रममै असन्तुष्टि जनाउदै यसलाई नोटिसमा लिएको चेतावनी दिएका थिए । उनले अनुपस्थित सांसदहरुलाई कारवाहीको संकेत समेत गरेका थिए । 

यसैबीच रास्वपाले आज साँझ ६ बजे केन्द्रीय सचिवालयको बैठक बोलाएर अनुशासनको कारवाही गर्ने विषयमा छलफल हुने एजेण्डा राखेको छ । प्रवक्ता मनिष झाका अनुसार अनुशासनको करवाहीको विषयमा बैठकमा छलफल हुने छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}