सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

बुधबार, १६ फाल्गुण २०८०, २:१२ PM
post-image

काठमाडौं, १५ फागुन ।

सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। आवेदकले आज कार्यालय समयभित्र यसमा आवेदन दिनु पर्नेहुन्छ। सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइपीओ जारी गरेको हो।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यस आइपीओमा मागभन्दा १०.२० गुणा बढी आवेदन परेको छ। मंगलबार बिहान सम्म १० अर्ब २२ करोड ३४ लाख बढीले आवेदन दिएको सीडीएसको तथ्यांकले देखाएको छ। उक्त तथ्यांक अनुसार ५ लाख २४ हजार ७८ जनाले २ करोड ८३ लाख २७ हजार ६१० कित्ताका लागि आवेदन दिइएको छ। 

सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेगतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आइपीओ जारी गरेको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। 

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यसमा एक जनाले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}